नुवाकोट । विदुर नगरपालिकाको वडा नं १ को कार्यालयले प्रत्येक घरमा एकएक बोट फलफूलको बिरुवा उपलब्ध गराउने भएको छ ।
वडा कार्यालयले सूचना प्रकाशन गर्दै वडाबासीबाट माग हुदै आएको आप, लिचि, कटहर, मेवा, केरा, कागती लगायत मध्ये वडाबासीको मागको आधारमा प्रत्येक घरमा एक एक बोट फलफूलको विरुवा दिन लागिएको हो ।

वडा सचिव विष्णुप्रसाद गजुरेलले सूचना प्रकाशन गर्दै यही जेठ १८ गतेदेखि २७ गतेसम्म आफूलाई चाहिएको विरुवा मागको निवेदन वडा कार्यालयमा बुझाउन भनिएको छ ।
वडाध्यक्ष लेनिन रञ्जितको अनुसार वडाबासीबाट माग भएर आएको फलफूलको बिरुवा डिभिजन वन कार्यालय नुवाकोटसंगको सहकार्यमा उपलब्ध गराउन लागिएको हो ।

22.12¡ÆC