
नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी (अविरल) सहित जनप्रतिनिधि र प्राविधिक संलग्न अनुगमन समितिले पालिका भित्र निर्माण गरिएको एक दर्जन भन्दाबढी सिचाईँ योजनाको अनुगमन गरिएको छ ।
अध्यक्ष अधिकारीले हालै पुर्ननिर्माण सम्पन्न भएर सञ्चालनमा ल्याएका योजनाको कामको गुणस्तर तोकिए अनुसारको मापदण्डको परीक्षण र उपभोक्ताले लिने लाभको सन्दर्भमा किसानसंग राय एंव सुझाब संकलनको लागी एकै दिन विभिन्न १४ वटा योजनाको अनुगमन गरिएको हो । तारकेश्वर गाँउपालिकाको वडा नं. ४ र ५ मा निर्माण सम्पन्न भएका १४ वटा सिँचाइ योजनाहरुको निरीक्षण सहित किसानसंग सुझाब तथा राय समेत लिइएको छ ।

पालिका भित्रको कृषि योग्य उर्भर भूमि बुधसिंहफाँट, कालीमाटीफाँट र हल्लेफाँटको कृषि उत्पादनका लागि अत्यावश्यक रहेका क्षेत्रमा सिचाईँ सुविधा सहज र बाह्रै महिना उपलब्ध गराउने लक्ष्य सहित निर्माण गरिएका १४ वटा सिँचाइ योजनाहरुको सोमबार निरीक्षण गर्दै अध्यक्ष अधिकारीले निर्माण सम्पन्न भएका योजनाहरुबाट तारकेश्वरको कृषि उत्पादनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

दुई महिनाअघि अध्यक्ष अधिकारी सहितको प्राविधिक टोलीले आयोजनाहरुको प्रारम्भिक प्रविधिक सर्वेक्षण गरेको थियो । सर्वेक्षणपछि अध्यक्ष अधिकारीले ३ दिनभित्र काम सुरु गर्न निर्देशन दिदै दुई महिनाभित्र सम्पन्न गर्न समयसीमा तोक्नुभएको थियो ।
गएको असोज दोश्रो साता आएको भीषण बाढी पहिरोले खोला किनाराका फाँटहरुमा सिँचाइ प्रणालीमा पुराएको ठूलो क्षतीले कृषि उत्पादनमा सिचाईँ सुविधाको अभावमा उत्पादनमा आएको गिरावट र यसको असर निरन्तर पर्ने देखिएसगैँ अध्यक्ष अधिकारीले तत्कालै सिचाई योजना सञ्चालनमा ल्याउन जनाएको प्रतिबद्धता अनुरुप कार्य सम्पन्न गरिएको हो ।

सिचाईँ प्रणालीको पुर्ननिर्माणसगैँ बाढी पहिरोबाट क्षति ब्यहोरका पीडित भएका किसानले लाभको महशुस गरेका छन् । सिचाई सुविधा सरल भएसगैँ अहिले लगाएको अन्नबालीको उत्पादन समेत पूर्ण रुपमा लिन सकिने भन्दै अनुगमन गर्न पुगेको अध्यक्ष सहितको टोलीलाई किसानले सम्मान गरेका थिए ।

22.12¡ÆC