गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक पुगे

जेष्ठ १३, २०८२ मा प्रकाशित | 208 views


काठमाडौँ । गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै उच्च सङ्ख्यामा पर्यटक पुगेका छन् । चालू आर्थिक वर्षको वैशाख अन्तिमसम्ममा १२ हजार २ सय ५९ जना विदेशी पर्यटकले गोरखाको उत्तरी क्षेत्र मनास्लुमा भ्रमण गरेका हुन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । एमक्यापका प्रमुख सन्तोष शेरचनका अनुसार मनास्लुमा वर्षेनि पर्यटकको सङ्ख्या बढ्दो छ ।

आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७ सय ८२ र ०७९/८० मा सात हजार ७ सय ५ जना पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ ।

एमक्यापले यस वर्ष साढे १२ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको र अब लक्ष्यभन्दा धेरै पर्यटन भित्रिने अवस्था बनेको छ ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क देशका पर्यटकले प्रतिव्यक्ति एक हजार र अन्यले तीन हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।

निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web