
नुवाकोट । यही जेठ १५ गते काठमाडौमा हुन लागिरहेको आन्दोलनको सन्दर्भमा नुवाकोटमा राप्रपा सहित यसमा समर्थन गर्ने दलहरुबाट विदुर नगरपालिका–४ हावाघरमा अन्तरक्रिया तथा छलफल गरेको छ ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै राप्रपा सहमहामन्त्री झनक प्याकुरेलले अहिलेको संसदीय प्रणाली र दलका नेताहरु असफल भएको भन्दै राजसस्ँथाको विकल्प नभएको बताउनुभयो ।
उहाँले राजा नभई आफूहरुले सनातन हिन्दू राज्य सहित राजसँस्थाको माग गरेको बताउनुभयो । १५ गतेको आन्दोलन शान्तिपूर्ण, पार्टीको जिम्मेवार नेताबाट नेतृत्व लिएर हुने भएकाले अशान्ति हुने, हिंसात्मक हुने लगायतका भ्रममा नपर्न अनुरोध गर्दै सक्रिय रुपमा सहभागिता जनाउनको लागी आग्रह गर्नुभयो । उहाँको अनुसार अहिलेसम्म विभिन्न पाटी, संघसँस्था समेत गरेर ४४ वटाको समर्थन रहेको र यसमा आम नेपाली जनताको समेत सहभागिता हुने भएकाले जेठ १५ बाट सुरु हुने आन्दोलनलाई तेश्रो जनआन्दोलनको नाम दिइएको छ ।
यस्तै, राप्रपाका जिल्ला अध्यक्ष कुलबहादर खड्गीले कानूनमा उल्लेख नै नभएको संसद् पुर्नस्थापना गरेर आन्दोलनको नाममा फालिएको राजसँस्थालाई अब भने सबंबैधानिक रुपमा आन्दोलनबाट नै ल्याउन लागिरहेको बताउनुभयो । त्यसको लागी सम्पूर्ण राष्ट्रबादी शक्ति, युवा र आम नेपालीलाई आन्दोलनमा सहभागिता जनाउन अह्वान गर्नुभयो ।
यस्तै, कार्यक्रमा नेपाली काँग्रेस विपी)का केन्द्रीय सदस्य नानीकाजी प्याकुरेल आफूहरुले पनि राप्रपाको नेतृत्वमा हुन लागेको आन्दोलनमा समर्थन जनाएको बताउनुभयो । आफ्ना पाटीका कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई आन्दोलनमा सहभागी हुन अपिल गर्दै अबको बिकल्प राजसँस्था सहित हिन्दू राष्ट्र र प्रदेसको संरचना खारेजी हुनुपर्ने उहाँको भनाई छ ।
राप्रपाले यही १५ गते हुने आन्दोलनको लागी नुवाकोटको विभिन्न स्थान सहित देशभर नै अन्तरक्रिया तथा छलफल गर्दै जनताको प्रतिक्रिया बटुल्दै आएको राप्रपाको जिल्ला सचिव महेश डंगोलले जानकारी दिनुभयो । यही १५ गते हुने कार्यक्रममा सहभागिता जनाउनको लागी राप्रपा सहितको शक्तिले आह्वान गरेको छ ।
उनीहरुले मुख्य दलको गतिविधिले जनतामा नैराश्यता बढेको, सरकारको गतिविधि भ्रष्टाचारमा केन्द्रित भएको लगायतका कारण जनस्तरबाट नै उठेको आवाजको नेतृत्व गर्दै राप्रपाले अगुवाई गरेर तेश्रो जनआन्दोलनको सुरुवात गर्नुपरेको बताएका छन् ।
20.12¡ÆC