सुनको भाउ ७ सय रुपैयाँले घट्यो

जेष्ठ १२, २०८२ मा प्रकाशित | 162 views


काठमाडौँ । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । सुनको भाउ सात सय रुपैयाँले घटेर आज तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ शुक्रवार, हिजो र आज तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web