स्व.नन्दकुमारी अधिकारीको स्मृति अक्षयकोष स्थापना गरिदै

जेष्ठ ८, २०८२ मा प्रकाशित | 338 views


नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं. २ निवासी स्वर्गीय नन्दकुमारी अधिकारीको स्मृतिमा उहाँका सुपुत्र फणिन्द्र प्रसाद अधिकारीले अक्षय कोष स्थापना गर्न लाग्नुभएको छ । स्व.नन्दकुमारी अधिकारीको स्मृतिमा उहाँको छोरा फणिन्द्रले एक लाख ५ हजार रुपैयाँ राशीको अक्षय कोष स्थापना गर्न लाग्नुभएको हो ।

पिमलटार मा.वि.मा अक्षयकोष स्थापना गर्ने र त्यसको सम्पूर्ण सञ्चालनको सम्बन्धमा शुक्रबार विद्यालयमा एक समारोहको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा प्रगतिवादी सौन्दर्यचिन्तक तथा जनसाँस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा सहित पूर्व सांसद माननीय नारायणप्रसाद खतिवडा, तारकेश्वर गाउँपालिका अध्यक्ष, शिव अधिकारी (अविरल) लगायतको सहभागिता रहने उल्लेख छ । कार्यक्रमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक पूर्व शिक्षक, पूर्व विद्यार्थी तथा विद्यालयको सेवाक्षेत्र आसपासका सम्पूर्ण महानुभावमा उपस्थितिको निम्ति अनुरोध गरिएको छ ।

उक्त अवसरमा सामना साँस्कृतिक परिवारद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएकाले मनोरञ्जनात्मक हुने अपेक्षा गरिएको छ । पिमलटार मा.वि.मा बिहान १० बजेदेखि नै कार्यक्रम सुरु गर्न लागिएको उक्त कार्यक्रमको संयोजन सहित आयोजना गरेको पिमलटार मा.विले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web