१८ साउन, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो।

मूल्य घटाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ७३ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ कायम भएको छ। घटाएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

17.4¡ÆC