नेप्से आज २ दशमलव ७९ अङ्कले घट्यो

जेष्ठ ४, २०८२ मा प्रकाशित | 221 views


काठमाडौँ । शेयर बजार लगातार छैटौं कारोबार दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७९ अङ्कले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको छ ।

आज होटल, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार र विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३०९ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web