पौडी खेल्ने क्रममा त्रिशूलीमा दुई बालिका बेपत्ता

बैशाख ३१, २०८२ मा प्रकाशित | 165 views


नुवाकोट । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् ।

मंगलबार साँझ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिर स्थित त्रिशुली नदिमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार, बेपत्ता हुनेमा ११ वर्षिया जेनी डंगोल र ११ वर्षिया सदीक्षा राई छन् । उनीहरूको खोजी कार्य जारी छ ।

खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको डीएसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web