
बाघखोर । बेलकोटगढी नगरपालिकामा मंगलबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएको छ । दुई पाटी काँग्रेस र माओवादी केन्द्र गठबन्धन चुनाव भएको ठिक ३ वर्ष भएको दिनमा नै बेलकोटगढीमा आफ्नै पाटी र पाटीको समर्थनमा चुनाव जितेका जनप्रतिनिधिको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै दुबै पाटीको नगर कार्यसमितिको आयोजनामा नगरपालिकामा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाइएको हो ।
केही दिन अघिदेखिको घोषित कार्यक्रम अनरुप नेपाली काँग्रेस बेलकोटगढी नगर कार्यसमितिले नगरपालिका सञ्चालनका सम्बन्धमा विभिन्न ध्यानाकर्षण सहित सेवा प्रवाहको सुधार, राजश्वको दायरा बृद्धि, पालिका सञ्चालनमा सुशासन, जवाफदेही एंव पारदर्शिताको माग गर्दै मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेका बेलकोटगढी नगर कार्यसमितिका सभापति लेखनाथ मुडबरीले नगरप्रमुख जगतबहादुर गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउने क्रममा काँग्रेसका नेताहरु नेका जिल्ला सहसचिव यादव नेपाल, नेताहरु प्रताप लामा, श्याम ढुङ्गाना, कृष्णप्रसाद पाण्डे, इन्द्रबहादुर लामा, हिरा पाण्डे लगायत सहित काँग्रेस पाटीको सिफारिसमा उपप्रमुख शिवप्रसाद दाहाल सहित विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस बेलकोटगढी नगर कार्यसमितिले बुझाएको ज्ञापनपत्रमा उठाइएको विषयवस्तु निम्न अनुसार छन् :

यस्तै, नेकपा माओवादी केन्द्र बेलकोटगढीले नगरपालिकामा बुझायो ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र बेलकोटगढी नगर कमिटीले नगरपालिकाको प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न सात बुँदे माग सहितको ध्यानाकर्षण पत्र मंगलबार बुझाएको हो ।
नगर कमिटीको उपाध्यक्ष हरी बजगाई र सचिव शम्भु सिग्देलको नेतृत्वमा रहेको माओवादी केन्द्र नगर कमिटीले नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएको ७ बुँदे ज्ञापन पत्रमा उठाइएको अधिकांश विषय नगरपालिकाको उपप्रमुख शिवप्रसाद दाहालको कार्यसम्पादसंग जोडिएका विषयलाई केन्द्रित गरिएको छ भने शिक्षा क्षेत्रमा बेथिती भएको, किसानलाई रासायनिक मलको सहज उपलब्धता नगराएको, कर्मचारीलाई निश्पक्ष रुपमा काम गर्ने वातावरण नदिएको, महादेवी मावि शिक्षक बद्रीप्रसाद शर्मालाई गैह्रकानूनी रुपमा श्रोत व्यक्तिको रुपमा नगरपालिकाको कार्यालयमा कर्मचारीको रुपमा राखेर सट्टा शिक्षक मार्फत विद्यालय सञ्चालन गर्दै आएको लगायतका विषयवस्तुलाई प्राथमिकताको साथ उठाइएको छ ।
नेकपा माओवादी केन्द्र बेलकोटगढी नगर कमिटीले बुझाएको ध्यानाकर्षण पत्रमा उठाइएको विषयवस्तु निम्न अनुसार रहेको छ:

बिहान ११ बजेपछि काँग्रेसको टोलीले ज्ञापन पत्र बुझाए लगत्तै माओवादी केन्द्रको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
दुवै पाटीले उठाएका माग तथा गराएको ध्यानाकर्षणका विषय पालिका मार्फत बाहिर ल्याउनु अति आवश्यक रहेको भन्दै केही दिनभित्रै सार्वजनिक सुनुवाई गरेर यथार्थ जानकारी गराउने नगरप्रमुख जगतबहादुर गुरुङले प्रतिबद्धता जनाउनुभएको छ ।
नगरपालिका मार्फत धेरै काम भएपनि त्यसको विषयमा बाहिर नआउदा भ्रम भएकाले ती कार्य सहित जनस्तर एंव पाटीपक्तिबाट उठाइएका विषयलाई सार्वजनिक सुनुवाई मार्फत तथ्याङ्क, याथर्थ र प्रमाण सहित सबै विषयमा जानकारी दिने नगरप्रमुख गुरुङले प्रतिबद्धता जनाउनुभएको हो ।
16.12¡ÆC