कान्तिपुर टेलिभिजनका रसुवा संवाददाता बलराम घिमिरे सम्मानित

बैशाख २९, २०८२ मा प्रकाशित | 380 views


रसुवा । कान्तिपुर टेलिभिजनका रसुवा संवाददाता बलराम घिमिरे सम्मानित भएका छन् । जिल्लाको कालिका हिमालय माध्यमिक बिद्यालयको स्वर्ण जयन्ती अर्थात ५० औं वार्षिक उत्सवको अबसरमा संवाददाता घिमिरे सम्मानित भएका हुन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संवाददाता घिमिरेलाई सम्मान पत्रबाट सम्मान गरेका हुन् ।

कान्तिपुर टेलिभिजनका रसुवा संवाददाता बलराम घिमिरे उक्त विद्यालयको भुतपुर्व विद्यार्थि हुन । सोे विद्यालयमा अध्यान गरेका घिमिरेले २० वर्ष देखि पत्रकारिता क्षेत्रमा संलग्नरहि समग्र जिल्ला तथा विद्यालयलाई पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको विद्यालयले बताएको छ ।

साथै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन गरिएको बताए । उनले भने “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा देश विकासमा योगदान गर्न नेकपा एमाले संग सहकार्य गरिएको हो ।

स्वर्ण जयन्तीकै अबसरमा बिध्यालयमा अध्यायन गरेर उच्च तहमा पुगेका छात्र ,छात्रा तथा बिध्यालय ब्यबस्थापन समिति का साथै पूर्ब शिक्षकहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, प्रतिनिधि सभाका सदस्य राजन के शी तथा संबिधान सभा सदस्य जर्नादन ढकाललेलगायतकाले बिध्यालयको स्वर्ण जयन्तीका अबसरमा शुभकाना मन्तब्य ब्यक्त्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web