पालिकाबासीको सुझाब खोज्न तारकेश्वरमा ‘अध्यक्षसँग टोलबस्ती कार्यक्रम’को शुभारम्भ

बैशाख २९, २०८२ मा प्रकाशित | 445 views


नुवाकोट । यहाँको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले पालिकाबासीसंग प्रत्यक्ष साक्षात्कारसंग जोडिने उद्देष्यले ‘अध्यक्षसँग टोलबस्ती कार्यक्रम’को सञ्चालनमा ल्याउनुभएको छ ।

स्थानीय विकास निर्माणको प्रगति, प्रभावकारिता र जनस्तरका अपेक्षा, आवश्यकतालाई बुझ्ने उद्देश्यले गाउँपालिकाले सुरु गरेको ‘टोलबस्ती कार्यक्रम’को सोमबार तारकेश्वर गाँउपालिकाको वडा नं. ४ को भन्ज्याङखर्कबाट शुभारम्भ गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समुदायसँग प्रत्यक्ष जोडिएर विगतका वर्षमा पालिका मार्फत सञ्चालित योजना तथा कार्यक्रमको समीक्षा गर्दै नयाँ बजेटमा समेट्नुपर्ने कार्यक्रमको चर्चा गर्ने उद्देश्यले ‘अध्यक्षसँग टोलबस्ती कार्यक्रम’ सुरु गरेको जानकारी दिनुभएको छ ।

पालिकाबासीको आवश्यकतालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा पालिका मार्फत ल्याउने योजना तथा कार्यक्रम रचनात्मक र उत्पादनमूलक बनाउनको लागी सुझाब दिन उहाँले स्थानीय जनसमुदायलाई आग्रह गर्नुभएको छ । आवश्यकता हेरी टोलबस्ती कार्यक्रम टोलटोलमा क्रमशः सञ्चालन गर्दै लैजाने लक्ष्य रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web