तारकेश्वरको वडा नं ३ मा सोमबार र ५ नं मा शनिबार राष्ट्रिय परिचय पत्र शिविर आयोजना

बैशाख २८, २०८२ मा प्रकाशित | 460 views

नुवाकोट । तारकेश्वर गाउँपालिकाको आयोजनामा शनिबार वडा नं. को कार्यालयमा राष्ट्रियपरिचय पत्र शिविर सम्पन्न भयो

योसँगै, तारकेश्वरका चारवटा वडामा दोस्रो चरणको शिविर सम्पन्न भएको वडा नं. माभोलि सोमबार (बुद्ध जयन्तीका दिन) शिविर बस्दै वडा नं. को शिविर आउँदो शनिबार (जेठ गते) सञ्चालन हुने अध्यक्ष शिव अधिकारी (अबिरल)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार यसअघिका शिविरहरूमा फाराम भर्न छुटेको सबैलाई समेट्ने गरी बिदाकादिनमा मिलाएर शिविर सञ्चालन गरिएको छ । कोही नछुट्ने गरी सूचना प्रवाह गर्न र त्यसमा सहयोग पुर्याउन अध्यक्ष अधिकारीले मातहतलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा भत्ता लगायत हरेक सरकारी तथा बैंकिङ सेवाका लागिराष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको हुँदा अहिलेसम्म फाराम नभर्नुभएका सम्पूर्णतारकेश्वरवासीले सक्कल नागरिकता सहित शिविरमा पुगी राष्ट्रिय परिचय पत्रको फारामभराउनुहुन आह्वान गर्नुभएको

यसअघि लामो समय चलाइएको शिविरका बाबजुद ठुलो संख्यामा फाराम भर्न छुटेको पाइएको विषेश गरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले जिल्ला पुगेर परिचय पत्र बनाउननिकै कठिन झन्झटिलो हुने भएकाले गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वयगरी मौका शिविर सञ्चालन गरेको हो

यो मौकामा कोही पनि नछुट्ने गरी सूचना प्रवाह गरी आवश्यक समन्वय गर्नुहुन अध्यक्षअधिकारीले वडाध्यक्ष तथा सम्बन्धित वडाका सरोकारवालाहरूलाई आग्रह गर्नुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web