काठमाडौं,साउन १८ । नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने भएको छ । त्यसको औपचारीक निर्णय गर्न बिहान स्थायी समितिको बैठक बोलाइएको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक छलफल भएको थियो ।

पार्टीको तर्फबाट उम्मेदवार बनाउनेमा उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङको नाम अघि आएको छ । स्रोतका अनुसार पूर्व सभामुख नेम्वाङलाई अघि सार्ने तयारी गरिएको छ ।

अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आधिकारिक निर्णय गर्ने एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । आजै एमालेले उम्मेदवारी दिनुअघि सहयोगी दल राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतसँग छलफल गर्ने तयारी छ ।

27.12¡ÆC