पितृ उद्धार र गौमाताको मन्दिर निर्माणको लागी सप्ताह लगाइदै

बैशाख २७, २०८२ मा प्रकाशित | 306 views


नुवाकोट । पञ्चकन्या गाँउपालिका–३ स्थित पञ्चकन्या र तादी खोलाको संगममा अवस्थित गौमतीघाट गौरीशंकर मन्दिरमा सप्ताहज्ञान महायज्ञ लगाउन लागिएको छ ।

सप्ताह यही जेठ २ गतेदेखि सुरु भएर जेठ १० गतेसम्म सञ्चालन हुने आयोजक गौरीशंकर मन्दिर निर्माण समितिले जनाएको छ ।

समितिको अध्यक्ष चरी थापाको अनुसार  पितृ उद्धार र गौमाताको मन्दिर निर्माणको लागी आयोजना गरिएको सप्ताहमा प्रसिद्ध कथाबाचक बाल व्यास ज्योतिष प.शंकरप्रसाद खनालबाट कथा वाचन हुनेछ ।

पृथ्वी जगतमा दिवंगत भएका समग्र पितृहरुको उद्धार एंव बैकुण्ठबासको कामना सहित पवित्र तिर्थस्थल एंव धार्मिक ऐतिहासिक शक्तिपीठ गौमतीघाट गौरीशंकर मन्दिर निर्माणको पवित्र उद्देष्यले सञ्चालन गर्न लागिएको सप्ताहमा सम्पूर्ण पञ्चकन्या पालिकाबासी सहित हिन्दूधर्मालम्वीहरुलाई कथा श्रवण र प्रसाद ग्रहणको लागी अपिल गरिएको समितिका कोषाध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web