नुवाकोट अमेरिका सम्पर्क समितिबाट सँस्कृत माविलाई १ लाख ८० हजार सहयोग

बैशाख २४, २०८२ 2025-05-07 मा प्रकाशित
Published at 2025-05-07

96 views

नुवाकोट । विदुर नगरपालिका वडा नं ५ देबीघाटमा अबस्थित शहीद जगतप्रकाशजंग शाह सँस्कृत माध्यमिक बिध्यालयलाई नुवाकोट अमेरिका सम्पर्क समिति, अमेरिकाले एकलाख ८० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

यो आर्थिक सहयोगले बिध्यार्थी र बिध्यालयको शैक्षिक लगायतका बिभिन्न कार्यमा थप ऊर्जा र शाहस थपिएको बिध्यालयले जानकारी गराएको छ ।

बिगत एक दशक देखि प्राकृतिक प्रकोप, महामारी र अन्य आर्थिक समस्यामा परेको समुदाय र बिशेष गरी आर्थिक बिपन्न क्षेत्रका बिध्यालय लाई नुवाकोट अमेरिका सम्पर्क समितिले आर्थिक साहायता गर्दै आइरहेको समितिका अध्यक्ष डा. दीपेन्द्र दहालले बताउनुभयो ।

हालसम्म नुवाकोटको आर्थिक रूपमा कमजोर भएको २० भन्दाबढी बिद्यालयलाई आर्थिक सहित न्यानो कपडा बितरण गरेको र आगामी दिनमा पनि सहयोग लाई निरन्तरता दिने सस्थाका महासचिब जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

सँस्कृत बिध्यालयलाई हामीले संरक्षण गर्नुपर्छ सरकारले दिने बजेटले शिक्षकको खर्च मात्र पुग्ने र बटुकको ब्यबस्थापनमा आर्थिक समस्या भएको कारण सँस्थामा सम्मिलित सबैको सहभागितामा रकम जुटाएर बिद्यालयको आग्रह अनुसार सकेको सहयोग गरेको महासचिव ढुङ्गानाको भनाई छ ।

अमेरिका निबासी बिज्ञान खनालको नेतृत्वमा रहेको समितिको अघिल्लो कार्यकालमा पनि यस बिद्यालयलाई आर्थिक सहयोग गरिसकेकाले
यो पटकको सहयोग दोस्रो सहयोग रहेको विद्यालयको प्रधानाध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.