तारकेश्वरको वडा-वडामा राष्ट्रिय परिचय पत्र शिविर, कोही नछुट्न अध्यक्ष अधिकारीको आग्रह

बैशाख १९, २०८२ मा प्रकाशित | 350 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ४ बुधसिंह र वडा नं १ को कार्यालय दाङसिङमा राष्ट्रिय परिचय पत्र शिविर सम्पन्न भएको छ । यसपछि अब वडा नं ६ मजुवामा भोलि शनिबार राष्ट्रिय परिचय पत्र बनाउन शिविर चलाउन लागिएको छ ।

गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले वडा नं ६ बासीलाई कोही पनि नछुट्ने गरेर राष्ट्रिय परिचय पत्र बनाउनको लागी आह्वान गर्नुभएको छ । अध्यक्ष अधिकारीको सक्रियतामा सञ्चालनमा ल्याइएको शिविरमा यसअघिका शिविरहरूमा फाराम भर्न छुटेका तथा बनाउन बाँकी रहेका सबैलाई राष्ट्रिय परिचय पत्र बनाउनको लागी सहभागिता जनाउन अह्वान गरिएको छ ।

अध्यक्ष अधिकारीले सूचना प्रकाशन गर्दै सम्बन्धित वडाको जनप्रतिनिधि र सरोकारवालाहरुलाई कोही पनि नछुट्ने गरेर सहभागिता जनाउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।


गाँउपालिका अध्यक्षले पालिका भित्रका विशेष गरेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतलाई लक्षित गर्दै बिदाका दिनमा मिलाएर शिविर सञ्चालनमा ल्याउने योजना अनुरुप यसअघिको बिदामा वडा नं ४ र वडा नं १ मा सम्पन्न भएकाले भोलि शनिबार वडा नं ६ मा शिविर आयोजना गरिएको हो । शिविर सञ्चालनको लागी गाँउपालिकाको तर्फबाट नुवाकोट प्रशासनलाई प्राविधिक सहयोग माग गरेर सेवा दिन लागिएकाले यस शिरिवमा राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका विशेष गरेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई सहभागि हुन अपिल गरिएको छ।

गाँउपालिका अध्यक्ष अधिकारीले सामाजिक सुरक्षा भत्ता लगायत हरेक सरकारी तथा बैंकिङ सेवाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको हुँदा अहिलेसम्म फाराम नभर्नुभएका सम्पूर्ण तारकेश्वरवासीले सक्कल नागरिकता सहित शिविरमा पुगी राष्ट्रिय परिचय पत्रको फाराम भराउनुहुन आह्वान गर्दै हरेक स्थानमा सञ्चालन भएका शिविरमा आफै उपस्थित भएर सहयोग पुराउदै आउनुभएको छ ।

यसअघि लामो समय चलाइएको शिविरका बाबजुद ठुलो संख्यामा फाराम भर्न छुटेको पाइएको र विषेश गरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले जिल्ला पुगेर परिचय पत्र बनाउन निकै कठिन र झन्झटिलो हुने भएकाले गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मौका शिविर सञ्चालन गरेको हो ।

यो मौकामा कोही पनि नछुट्ने गरी सूचना प्रवाह गरी आवश्यक समन्वय गर्नुहुन वडाध्यक्ष तथा सम्बन्धित वडाका सरोकारवालाहरूलाई अध्यक्ष अधिकारीले आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web