अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपालका सोहन र हृदयणीलाई स्वर्ण

बैशाख १४, २०८२ मा प्रकाशित | 258 views


काठमाडौँ । नेपालका सोहन पाठक र हृदयणी बस्नतेले २१औं वाटा (डब्ल्यूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । सोहनले पुरुष २४ केजीमुनि र हृदयणीले महिला २९ केजीमुनि स्वर्ण जितेका टोलीका प्रशिक्षक सरोज तामाङले जानकारी दिए ।

जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप १ रजत र २ कांस्य पनि जिते । महिला ३४ केजीमुनि जोलिना बस्नेतले रजत जितिन् । एकल पुम्सेको पुरुष १४ वर्षमुनि आश्रय उपाध्याय तथा १२ वर्षमुनि सक्षम श्रेष्ठले कांस्य हात पारे ।

प्रतियोगितामा १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । काजलले यसै प्रतियोगिताको २०औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web