१८ साउन, बैतडी ।
भारत जाने नेपालीले अबदेखि परिचयपत्र अनिवार्यरुपमा लैजानुपर्ने भएको छ ।

नेपाल आउने भारतीयहरु भने भेडा बाख्राका हुल जसरी अनियन्त्रीत र विना कुनै परिचयपत्र छिरिरहँदा भारतले भारत जाने नेपालीहरुलाई परिचय पत्रबिना पस्न नदिने भएको छ ।

भारतमा साउन ३१ गते मनाइने गणतन्त्र दिवसको बहाना पारेर भारतले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि परिचयपत्र अनिवार्य गरिएको हो ।

बैतडीको सीमा क्षेत्र झुलाघाटमा पनि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सीमा सुरक्षा बल 'एसएसबी'ले जनाएको छ ।

भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मात्रै आवतजावत गर्नका लागि नेपाल प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल 'एसएसबी'ले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

16.12¡ÆC