प्रस्तावित राजदूत/नियोग प्रमुखको सुनुवाइ सुरु

साउन १८, २०७३ मा प्रकाशित | 1035 views

१८ साउन, काठमाडौं ।
संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ आजदेखि सुरु गर्दैछ ।

समितिले आज बिहान परेका उजुरी वा सूचनाकर्तासँग जानकारी लिने र त्यसपछि प्रस्तावित राजदूत/नियोग प्रमुखका भावी कार्ययोजना तथा सोचका बारे जानकारी लिन सुरु गर्ने जनाएको छ ।

समितिले सुनुवाइ प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमो सम्बन्धी विषयलाई अगाडि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

समितिले सुनुवाइ प्रक्रिया नटुङ्गिँदै प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अगाडि बढाएको भन्दै यसका बारेमा मुख्यसचिव र परराष्ट्र सचिवसित जानकारीसमेत लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web