सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प

बैशाख १२, २०८२ मा प्रकाशित | 278 views


काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको १० वर्षपछि पनि भूकम्पको धक्का महसूस हुँदै आएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसअघि हिजो बेलुका ७ बजेर ३४ मिनेट जाँदा रुकुममा ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसूस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web