
नुवाकोट । तारकेश्वर गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले पालिबाबासीको स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाई जीवन रक्षाको लागी आफूहरु सदैव तत्पर रहेको बताउनुभएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोट मार्फत प्राप्त भएको वर्थिङ्ग सेन्टरमा आमा तथा नवजात शिशुको जीवन रक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरु प्रदान गर्दै पालिका अध्यक्ष अधिकारीले तारकेश्वर गाँउपालिकाबासीको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउनको लागी पालिका मार्फत आवश्यक सहयोग र सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “पालिकामा रहेका स्वास्थ्य सँस्थामा दक्ष जनशक्ति, आवश्यक स्वास्थ्य जाँचको उपकरण सहित तोकिएको निःशुल्क औषधि उपलब्ध गराई पालिकाबासीलाई सहज रुपमा उपचार दिदै आइरहेका छौ । ठूला प्रकृतिका उपचारको लागी पालिबाट बाहिर जानुपर्ने बाध्यतामा रहेका बिरामीहरु जो आर्थिक रुपले विभिन्न, कमजोरी तथा खर्च अभावमा रहेकाहरुको लागी समेत पालिकाबाट नगद सहितको सहयोग प्रदान हुदै आइरहेको छ ।”
तारकेश्वर गाँउपालिकाले व्यावसायिक, सिपमूलक एंव नैतिक शिक्षामा जोड दिदै आएको जस्तै पालिकाबासीलाई रोग लाग्नुभन्दा अगावै स्वास्थ्य जाँचको लागी प्राथमिकतामा राख्ने कार्यक्रम सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
त्यसको लागी ज्येष्ठनागरिकहसंग गाँउपालिका अध्यक्ष कार्यक्रम, गर्भवती महिलाहरुको स्वास्थ्य जाँच, सुत्केरी नवजात शिशुको लागी स्वास्थ्य हेरचाह, नसर्ने रोग सम्बन्धिको परीक्षण, विद्यार्थीहरुको स्वास्थ्य जाँच लगायतका कार्यक्रम तारकेश्वर गाँउपालिका सञ्चालनमा रहेको छ ।
पालिबाबासीलाई स्वास्थ्य राख्नको लागी स्वास्थ्य सँस्थाहरुबाट प्रवाह हुने सेवालाई समेत गुणस्तरीय बनाउदै आउने क्रममा गाँउपालिकाको समन्वयमा जनस्वास्थ्य कार्यालय नुवाकोटबाट प्राप्त भएका करीब दश लाख रुपैयाँ हाराहारिको वर्थिङ्ग सेन्टरमा आमा तथा नवजातशिशुको जीवन रक्षाको लागि आवश्यक पर्ने सामाग्रिहरु गाँउपालिका अध्यक्ष अधिकारीले सम्बन्धित स्वास्थ्य सँस्थाका प्रमुखहरुलाई बुधबार एक कार्यक्रमको बीच हस्तान्तरण गर्नुभएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटबाट प्राप्त भएका सामाग्रिहरु निम्न अनुसार रहेका छन् ।
- Washing machine
- delivery bed
- reuscitation bag
- baby warmer
- examination bed
- digital weight machine
- heater
- autoclave
- bed side locker
- MVA set
- bed side screen
- First aid kit
सामाग्रि हस्तान्तरण कार्यक्रमको थप गतिविधिहरु :

16.42¡ÆC