
नुवाकोट । यहाँको तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)ले नयाँ वर्ष सुरु भएसँगै सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । यसैगरी, अध्यक्ष अधिकारीले ज्येष्ठ नागरिकसंग जोडिएको कार्यक्रम ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’लाई पनि सगसगैँ अघि बढाउनको लागी लाग्न निर्देशन दिनुभयो । त्यसको लागी उहाँले पञ्जीकरण शाखालाई आवश्यक तयारीमा लाग्न भन्नुभएको हो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुले पाउने नगद समयमा, सहज र झण्झट रहित रुपमा उपलब्ध गराउन र सोही अवसरमा ज्येष्ठ नागरिकहरुसंग गाँउपालिका अध्यक्षले अन्तरक्रिया गर्ने, उनीहरुको गुनासो सुन्ने, स्वास्थ्य जाँच एंव परीक्षण गर्ने, औषधि उपलब्ध गराउन लगायतका सेवा पुराउने उद्देष्यले सञ्चालनमा रहेको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’लाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता बापत पाउनुपर्ने सुविधा समयमै नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको तारकेश्वर गाँउपालिकामा अन्त्य गर्दै अध्यक्ष अधिकारीले आफू निर्वाचित भएदेखि नै प्रत्येक ३–३ महिनामा वडा वडामा कार्यक्रम गरी आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सञ्चालनमा ल्याउनुभएको छ ।
अध्यक्ष अधिकारीले उत्तल कार्यक्रमलाई थप प्रभावकारी बनाई जनगुनासो नआउने गरी काम गर्न स्वास्थ्य शाखालाई समेत व्यवस्थित बनाउनको लागी निर्देशन दिनुभएको छ । उहाँले ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’लाई प्रभावकारी बनाउनको लागी गर्नुपर्ने समन्वय र सहजीकरण गर्नको लागी पालिकामा रहेका सबै वडाका अध्यक्षहरूलाई पनि आग्रह गर्नुभएको छ ।
गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)को निर्देशन अनुरूप पञ्जीकरण शाखाले बैशाख ७ गते आइतबार देखि देखि सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराउने तयारी गरेको छ । सोही अनरुप निम्न वडामा निम्न अनुसारको कार्यक्रम रहेको सूचना जारी गरिएको छ ।

वैशाख ७ गते ५ नं वडा कार्यालयमा
८ गते ६ नंं वडा कार्यालयमा
९ र १० गते १ नं वडा कार्यालयमा
११ गते ३ नं वडा कार्यालयमा
१२ गते २ नं वडा कार्यालयमा
१३ गते ४ नं वडा कार्यालयमा
उक्त मितिमा सकेसम्म नछुट्नको लागी अनुरोध गर्दै विविध कारणले कोही छुट हुन गएमा सम्बन्धित वडा कार्यालय अथवा पालिकाको पञ्जिकरण शाखामा सम्पर्क गर्नको लागी भनिएको छ ।
21.12¡ÆC