भारतीय दबाबमा ग्यास बुलेट खरिद रोकियो

साउन १७, २०७३ मा प्रकाशित | 1067 views

काठमाडौं,साउन १७ ।  भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लागाएको छ । साउन ४ गते नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयल निगमले अनुमतिपत्र दिएलगत्तै मन्त्रालयले आफूखुसी साउन ५ गते बुलेट प्रक्रियामा रोक लागाएको आजको  अन्नपूर्णमा समाचार छ । मन्त्रालयले ग्यास बोक्ने बुलेट सञ्चालनसम्बन्धी विनिमयावली नभएको कारण देखाउँदै खरिद प्रत्रि,यामा रोक लगाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार बुलेट सञ्चालनसम्बन्धी विनियमावलीको बाहनामा मन्त्रालयका जिम्मेवार अधिकारी र भारतीय बुलेट व्यवसायीको प्रभावमा उक्त खरिद प्रक्रिया रद्द गरिएको हो ।

भारतीय ढुवानी व्यवसायीसंघका अध्यक्ष सतिश शर्माको नेतृत्वमा भारतबाट आएका बुलेट व्यवसायीको दबाबमा मन्त्रालका जिम्मेवार अधिकारीले नेपाली नम्बर प्लेटको बुलेट खरिद प्रक्रियामा रोक लगाएका हुन्  । अध्यक्ष शेर्पा करिब १० दिनदेखि राजधानीको सोल्टी होटलमा बस्दै आएका छन् ।

भारतका सातवटा ढुवानी व्यावसायीका सात सय बुलेट भघाडामा लिएर नेपालका उद्योगपतीले भारतको चारवटा  रिफयनरी केन्द्रबाट ग्यास आयत गर्दै आएका छन् । यसबाट भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वारषीक दुई अर्ब ७५ करोड रुपैयाँ भुक्तानि लिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web