सुनको भाउ तोलाको एक लाख ८७ हजार रुपैयाँ

बैशाख ३, २०८२ 2025-04-16 मा प्रकाशित
Published at 2025-04-16

41 views

काठमाडौँ । सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो ।

आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नयाँ वर्ष २०८२ सालको कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । गएको चैत्र ३१ गते सुनको भाउ तोलाको एक लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.