नेपाल सुपर लिगमा ललितपुर शीर्ष स्थानमा

चैत्र ३०, २०८१ 2025-04-13 मा प्रकाशित
Published at 2025-04-13

52 views

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएकोे हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोश्रो खेलमा ललितपुरले बुटवललाई २–० गोलले हराएको हो ।

ललितपुरका लागि अनन्त तामाङ र सन्तोष कार्कीले एक–एक गोल गरे । यो जीतसँगै ललितपुर पाँच खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा बुटवल लुम्बिनी एक अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

यस्तै हिजै भएको पहिलो खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेलेका छन् । झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङ्गले एक–एक गोल गरे ।

बराबरीसँगे दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । झापा चार खेलमा चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.