सुनको तोलाको एक लाख ८५ हजार पुग्यो

चैत्र २९, २०८१ मा प्रकाशित
Published at चैत्र २९, २०८१

220 views

काठमाडौँ । सुनको भाउले आज फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुन ताेलाकाे एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८१ हजार एक सय रुपैयाँ रहेकाे थियो । सुनको भाउ अस्तिदेखि फेरि लगातार बढ्न थालेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.