भौतिक सम्पत्ति संरक्षणमा विदुरको चासो, २३ वर्ष अघिको श्रेष्ता अध्यावधिक

चैत्र २९, २०८१ मा प्रकाशित | 825 views


नुवाकोट । विदुर नगरपालिकाले आफ्नो नाममा रहेका सम्पत्ति संरक्षण एंव जगेर्नालाई प्राथमिकता दिदै आएको छ । नगरपालिकाले आफ्नो नाममा रहेका चल तथा अचल सम्पत्तिको संरक्षण गर्ने क्रममा विगत २३ वर्ष देखि कायम रहेको आफ्नो नामको जग्गाको हालै लगत कट्टा गरेको छ ।

हाल विदुर नगरपालिका वडा नं ९ मा नगरपालिकाको नाममा रहेको जग्गाबाट विसं.२०५८ साल असार २९ गते तत्कालीन भूमि समस्या समाधान आयोगले ५ आना जग्गा व्यक्तिको नाममा दिएको थियो ।

नगरपालिकाको नाममा रहेको कित्ता नं १६६ को १–११–०–३ क्षेत्रफल जग्गाबाट हर्ष नारायण शाक्यलाई ५ आना (०–५–०–०) जग्गा आयोगले भूमिहीन हर्षनारायण शाक्यलाई दियो । तर, नगरपालिकाको श्रेष्तामा भने हालसम्म उक्त जग्गाको श्रेष्ताको लगतकट्टा नभई रहेको समस्या धेरै मिहेनतबाटठ अहिले समाधान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठको अनुसार कित्ता नं. ११६, नगरपालिकाको नाममा रहेको जग्गा भूमि आयोगले भूमिहीनलाई वितरण गर्न उपलब्ध गराएपछि गर्नुपर्ने जिम्मेवारी पूरा नगरी अलपत्र छाडिएको थियो । उक्त जग्गाको श्रेष्ता मिति २०८१ चैत ४ मा नगरपालिकाले अध्यावधिक गरेर आफ्नो नाममा स्पष्टसंग कायम राखेको हो । 

आफ्नो नाममा रहेको सरकार जग्गाको संरक्षण गर्नुपर्नेमा भूमिहिनलाई उपलब्ध गराएपछि (५ आना जग्गा व्यक्तिलाई दिएसगैँ) नगरपालिकाले आफ्नो श्रेष्ताबाट अध्यावधिक गर्ने कामको समेत वेवास्था गरियो । विगत २३ वर्षदेखि कायम रहेको समस्यालाई अहिले श्रेष्ता अध्यावधिक गर्दै नगरपालिकाको सम्पत्ति संरक्षणको लागी गम्भीर रुपमा लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाको जग्गा आयोगले व्यक्तिलाई उपलब्ध गराएपछि ११६ नं को कित्ता टुक्राएर नयाँ कित्ता कायम गरिएको थियो । किता नं ११६ लाई टुक्राएपछि कायम भएको ३३७ नं कित्ताबाट ५ आना जग्गा व्यक्तिलाई दिइएको छ भने ३३८ नं को कित्ता नगरपालिकाको नाममा राखिएको छ ।

नगरपालिकाले श्रेष्ता अध्यावधिक गरेर आफ्नो नाममा कायम गरेको जग्गाको प्रमाणपत्र :

नगरपालिकाले २३ वर्ष अघिको लगत कट्टा अर्थात श्रेष्ता अध्यावधिक गरेर आफ्नो सम्पत्तिको संक्षणको लागी नगरप्रमुख श्रेष्ठको सक्रियतामा नगरपालिकाबाट सिफिारिस, फिल्ड बुक उतार्ने काम, प्रिन्ट रजिस्ट्रर तयार गरेर मालपोत कार्यालयमा दिएको निवेदन पश्चात निकै प्रयास र मिहेनतले लामो समयदेखि कायम रहेको समस्या समाधान भएको हो ।

नगरपालिकाले अन्यत्र पनि कहीँ कतै आफ्नो नाममा अथवा सरकारको नाममा रहेको जग्गाको अतिक्रमण हुन नदिन तथा दूरुपयोग हुनबाट जोगाउनको लागी सचेत र सजग हुदैँ आएको नगर प्रमुख राजन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web