विदुरमा दुई करोड ३७ लाख बजेट रकमान्तर

चैत्र २७, २०८१ 2025-04-10 मा प्रकाशित
Published at 2025-04-10

241 views

नुवाकोट । विदुर नगरपालिकाको १६औँ नगरसभाले केही योजनाहरु रकमान्तर गरेको छ । बिहीबार बसेको नगरसभाले चालु आर्थिक वर्षको लागी बिनियोजित योजना मध्ये काम नभएको तथा आवश्यक नभएका योजनालाई कटौती गर्दै अत्यावश्यक रहेका योजना तथा कार्यक्रमको लागी बजेट रकमान्तर गरेको हो ।

नगरप्रमुख राजन श्रेष्ठको सभाध्यक्षमा भएको नगरसभामा उपप्रमुख प्रभा बोगटीले २ करोड ३७ लाख ८० हजार बराबरको बजेट रकमान्तर गरेको योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख बोगटीले यसअघि कार्यपालिका बैठक मार्फत स्वीकृति भएर नगरसभामा पेश गर्नुभएको रकमान्तर योजना तथा कार्यक्रमलाई १६ औँ नगरसभाले सर्वसम्मत पास गरेको सभाको सदस्यसचिव एंव विदुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले जानकारी दिनुभयो ।

घटाउने योजना तथा कार्यक्रम विवरण :


थप गर्ने योजना तथा कार्यक्रम विवरण :

यसैबीच, १६औँ नगरसभाले विगत वर्षहरुदेखि नै विदुर नगरपालिकाको नाममा रहेको बेरुजु मध्ये अनियमित रहेको अर्थात आवश्यक दाबी प्रमाण पेश गरेर प्रष्टिकरण सहित फछ्र्यौट गर्न मिल्ने १० करोड ५ पाच लाख ९३ हजार ६६ रुपैयाँ महालेखा नियन्त्रकको कार्यालय समक्ष बेरुजु लगत कट्टाको लागी पेश गरिने भएको छ ।

'लगती बेरुजु' अन्तरगत नियमित गर्नुपर्ने बेरुजुको लगत कट्टाको लागी विदुर नगरपालिकाले महालेखा नियन्त्रकको कार्यालयमा फछ्र्योटको लागी पेश गर्न नगरसभाबाट पास गरेको हो ।

आर्थिक वर्ष २०७५/०६ देखी विदुर नगरपालिकामा करीब १४ करोड बेरुजु भएकोमा बाँकी असूल गर्नुपर्ने र पेश्की बेरुजु भएकाले सोही अनुसारको प्रक्रियामा रहेको छ भने नियमित गर्नुपर्ने बेरुजुको लगत कट्टा गर्न लागिएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिनुभयो ।

नियमित गर्नुपर्ने बेरुजु अन्तरगत अनियमित भएको, प्रमाण पेश नभएको, जिम्मेवारी नसरेको, सोधभर्ना नलिएका बेरुजुलाई उपप्रमुख प्रभा बोगटी संयोजकत्व र १ नं अध्यक्ष लेनिन रञ्जित ५ नं अध्यक्ष लिलानाथ न्यौपाने र १० नं अध्यक्ष गणेशकुमार नेपाल सदस्य रहेको बेरुजु फछ्र्योट तथा फरभारक समितिले सिफारिस गर्दै सभा मार्फत सर्वम्मत पास गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.