सुनको भाउमा फेरि कीर्तिमान : तोलामा एक लाख ८१ हजार नाघ्यो

चैत्र २७, २०८१ 2025-04-10 मा प्रकाशित
Published at 2025-04-10

63 views

काठमाडौँ । आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । गएको बिहिवार सुनको भाउ एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हाे ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.