कुमरीमा विद्युत सट भएर आगलागी हुदाँ दुईतले घर पुरै जलेर नष्ट

चैत्र २२, २०८१ 2025-04-05 मा प्रकाशित
Published at 2025-04-05

138 views

कुमरी । नुवाकोटको बेल्कोटगढी–३ का युद्धप्रसाद पुडासैनीको घरमा आगलागी हुदाँ सम्पूर्ण धनसम्पत्ति जलेर नष्ट भएको छ । शनिबार बिहान ९ बजेको समयमा विद्युत गढबढ भएर आगो लागेको पीडित परिवारले बताएका छन् । घरमा कोही नभएको बेलामा लागेको आगो करेन्ट सटको कारण भएको बताइएको हो ।

आगलागीबाट दुईतले घर पुरै जलेर नष्ट भएको छ भने घरमा रहेका सरसामाग्रिहरु सबै क्षति पुगेको छ । घरमा रहेको अन्नपात, कपडा, धनसम्पत्ति, भाडाकुडा सबै जलेर नष्ट भएको हो । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिन कोशिस गरे पनि घर पुरै जलेर नष्ट भएपछि मात्र आगो निभेको स्थानीय अमृत्त पुडासैनीले जानकारी दिनुभयो ।

उहाँको अनुसार पीडित परिवारलाई स्थानीयबासीले आवश्यक सहयोग पुराउदै आएकाले सरकार, सामाजिक सँघसँस्था, रेडक्रस लगायतलाई सहयोगको अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.