नेपाल सुपर लिग फुटबलमा चितवनको लगातार दोस्रो जीत

चैत्र २३, २०८१ मा प्रकाशित | 225 views


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा चितवन एफसीले लगातार दोस्रो जीत निकालेको छ ।

चितवनले हिजो भएको खेलमा बुटवल लुम्बिनीलाई एक गोलले हरायो । चितवनको जीतमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

दुई खेलमा चितवनको ६ अङ्क भएको छ । उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई हराएको थियो ।

तीन खेलमा बुटवलको एक अङ्कमात्रै छ । बुटवलले पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । अर्को खेलमा धनगढी एफसीसँग ४–१ ले हारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web