शेयर बजार दोहोरो अङ्कले बढेर २ हजार ७०० विन्दुमा

चैत्र १९, २०८१ 2025-04-02 मा प्रकाशित
Published at 2025-04-02

65 views

काठमाडौँ । हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८६ अङ्कले बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको छ ।

आज उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.