वरिष्ठ पत्रकार कमल कोइरालाको निधन

चैत्र १८, २०८१ मा प्रकाशित | 155 views


काठमाडौँ । वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनअघि घरमै लडेर बिरामी हुनुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलको केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा हिजो निधन भएको हो ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो ।

कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गर्नुभएको थियो ।

पूर्वसांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web