देउवा र पौडेलवीचको मन्त्री भागबण्डामा विवाद,शक्ति देखाउदै खुमबहादुर !

साउन १५, २०७३ मा प्रकाशित | 1411 views

काठमाडौं,साउन १५ ।  प्रमुख दल नेपाली काँग्रेसभित्र मन्त्री छान्ने विषयमा शीर्ष नेताहरुवीच तिव्र विवाद चुलिएको छ । माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जान तयार देखिएको काँग्रेसको भागमा १३ मन्त्रालय परेपनि मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन् । सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच शनिवार भएको वर्तामा समेत मन्त्रीको भागबण्डामा सहमति जुट्न सकेन् । स्रोतका अनुसार बरिष्ठ नेता पौडेलले देउवासँग ६ वटा मन्त्रालय आफूलाई दिनुपर्ने माग गरेका छन् ।

तर सभापति देउवा पौडेललाई अहिलेको अवस्थामा ६ वटा मन्त्रालय दिने पक्षमा छैनन् । देउवाले पौडेल पक्षलाई जम्मा ५ वटा मन्त्रालयको दिने तयारी गरिसकेका छन् । अहिले सभापति देउवा, कृष्ण प्रसाद सिटौंला र नेता विमलेन्द्र निधि आन्तरिक तयारीमा जुटेका छन् । उता पौडेल पक्षबाट कसलाई मन्त्री बनाउनेवारे नाम टुँगो लगाउन अहिले नेता पौडेल, प्रकाशमानसिंह र महेश आचार्य छलफलमा जुटेका छन् ।

नेपालले दुई चार दिनभित्रै नेपालले नयाँ प्रधानमन्त्री पाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार सहमतीय सरकार गठनको आह्वान गरेको सोमबार एकसाता पुग्दैछ ।  ।  सरकारमा जाने मन्त्रीहरुको मुख्य दुई दलले आन्तरिक तयारी गरिरहँदा नेपाली कांग्रेसका सरकारका डिजाइनर हिन्दुवादी नेता खुमबहादुर खड्का रहेको कांग्रेस स्रोतको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाका मुख्य प्रतिष्पर्धी मानिएका रामचन्द्र पौडेल भन्दा खड्का नै प्रभावशाली देखिएका छन् । उनको बलियो प्रभावका कारण देउवालाई खड्कासँग भागबण्डामा मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् ।

मन्त्री भागबण्डाको रस्साकस्सी भइरहँदा पौडेल पक्षबाट भने हिन्दु राष्ट्रको एजेण्डा बोक्ने र देउवालाई नै भित्री रुपमा सघाउने नेताहरु मन्त्रीको सूचीमा परेका छन् ।  २०४८ सालकै संसदीय निर्वाचनबाट निर्वाचित खड्का भ्रष्टाचार अभियोगमा जेल जीवन विताएर फर्किएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web