सुनको भाउमा नयाँ रेकर्ड

चैत्र १४, २०८१ 2025-03-28 मा प्रकाशित
Published at 2025-03-28

84 views

काठमाडौँ । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.