जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

चैत्र १३, २०८१ मा प्रकाशित | 421 views

काठमाडौ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । उहाँको अनुसार गौतम विरुद्ध बैंकिङ कसुर सम्बन्धी तीन वटा जाहेरी परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार पक्राउ परेका गौतमलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दाको अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिएर कारबाही अघि बढाइएको छ । उनलाई आजै अदालतमा लैजाने प्रहरीले जनाएको छ । थप अन्य उजुरीको सम्बन्धमा पनि कारबाही हुने प्र्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web