
नेवारपानी । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं. ४ को आयोजनामा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा २६० जना भन्दाबढी बिरामीले स्वास्थ्य जाँच एंव परीक्षण गराएका छन् । स्वास्थ्य जाँच गराउन आएका सेवाग्राही (बिरामी)लाई चिकित्सको सिफारिसमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।
लक्ष्मी सपोर्ट फाउण्डेशन (Laxmi Support Foundation) संगको सहकार्यमा वडा नं. ४ को आयोजना र वडा नंं ४ का वडासदस्य सामाजिक व्यक्तित्व रामकाजी थापा (स्वर्णिम)को विशेष पहलमा सञ्चालन भएको शिविरमा दक्ष एंव विशेषज्ञ चिकित्सक मार्फत हाडजोर्नी, स्त्री तथा महिला सम्बन्धि रोग, सुगर, प्रेसर र नसा सम्बन्धि रोग लगायतको स्वास्थ्य जाँच गरिएको थियो ।
जाँच गराउन आएका बिरामीलाई काठमाडौबाट आएका विशेषज्ञ सहितको सात जना डाक्टर ६ जना नर्स सहितको स्वास्थ्यकर्मीले शनिबार दिनभर बिरामी जाँच एंव परीक्षण गरेर २६० जना भन्दा बढीको विभिन्न रोग सम्बन्धि पहिचान एंव रोग निधानको लागी आवश्यक औषधि सिफारिस गरेको वडा सदस्य रामकाजी थापा (स्वर्णिम)ले जानकारी दिनुभयो ।
उहाँको अनुसार स्वास्थ्यमा समस्या भएर बसिरहेका वडा नं. ४ सहित यस आसपासका नागरिकहरुले सरस्वती आधारभूत विद्यालयमा आयोजित शिविरबाट गाँउमा नै विशेषज्ञ सेवा र निःशुल्क औषधि पाएसगैँ निकै खुसी एंव राहतको महशुस गरेका छन् । विशेष गरेर शिविरमा महिला दिदीबहिनीहरुको स्त्रीरोग सम्बन्धि समस्या र ज्येष्ठ नागरिकहरुमा हाडाजोर्नी, नसा, दम सम्बन्धि समस्या भएका बिरामीहरुको परीक्षण सबैभन्दा धेरै गरिएको छ ।
शिविरमा जाँच गराउन आउने बिरामीहरुको लागी विभिन्न स्थानबाट यातायातको साधनको समेत निःशुल्क प्रबन्ध गरिएको हुदा सेवाग्राही बिरामीलाई जाँच गराउन आउजाउ गर्न सहज भएको थियो । जसको कारण हिडडुल गर्न नसक्ने बिरामीले प्रत्यक्ष रुपमा लाभ पाएका थिए ।
यस सम्बन्धि समस्या भएका बिरामीहरुको लागी गाँउमै भएको स्वास्थ्य सँस्थामा प्रभावकारी उपचार नहुने र घर छाडेर बाहिर जानलाई समस्या भएको कारण लामो समयदेखि आफ्नो स्वास्थ्य समस्या लिदै आएका बिरामीले गाँउमै पाएको सेवाबाट निकै उत्साहित भएको हो । गाँउमा शिविर सञ्चालन गर्नको लागी सहयोगी सँस्था मार्फत चिकित्सक सहितको औषधि ल्याउनको लागी वडा सदस्य रामकाजी थापा (स्वर्णिम)ले विशेष भूमिका निर्वाह गर्नुभएको थियो भने उहाँलाई वडाध्यक्ष हरिबहादुर पौडेलले साथ दिनुभएको थियो ।
युवा सामाजसेवीको रुपमा पहिचान बनाउदै आउनुभएका रामकाजी थापा (स्वर्णिम)ले विगतमा पनि विभिन्न सामाजिक सेवा मार्फत सहयोग पुराउदै आएसगैँ लोकप्रिय रहनुभएको छ भने आगामी दिनमा पनि सामाजिक एंव राजनीतिक क्षेत्रबाट आफ्नो गाँउठाँउको विकासमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ ।
शिविरमा सञ्चालन सम्बन्धि थप तस्बिरहरु :

16.42¡ÆC