तारकेश्वरको वन क्षेत्रमा डढेलो लगाउनेलाई पाच लाख जरिवाना, सूचना दिनेलाई पुरस्कार

चैत्र ७, २०८१ मा प्रकाशित | 756 views


नुवाकोट । यहाँको तारकेश्वर गाँउपालिकाले वनजंगल क्षेत्रमा आगजनी गर्ने तथा गर्न लगाउने एंव लापरबाहीबाट त्यस्तो घटना गराउनेलाई पाँच लाख रुपैयाँ जरिवाना सहित थप आवश्यक कारबाही गर्ने भएको छ ।

हालै (विसंं २०८१ फागुन २७ मा) बसेको तारकेश्वर गाँउपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष शिव अधिकारी (अबिरल)ले गर्नु भएको प्रस्ताव अनुसार वन जंगल क्षेत्रमा आगजनी एंव डढेलो लगाएर क्षति पुराउनेलाई पाच लाख रुपैयाँ जरिवाना सहित थप आवश्यक कारबाही अघि बढाउने निर्णय सर्वसम्मत पारित हुदै कार्यान्वयनमा ल्याइएको हो ।

हरेक वर्ष वन क्षेत्रमा डढेलो तथा आगलागीको घटना हुने क्रम रहदै आएकाले तारकेश्वर गाँउपालिकामा यस किसिमको आपराधिक गतिविधि नियन्त्रण गर्न प्रचलित ऐन, कानून र गाँउकार्यपालिका बैठकले गरेको निर्णय अनुसार पाच लाख रुपैयाँ जरिवाना सहितको थप कारबाही हुने कठोर कदम चाल्न बाध्य भएको अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार तारकेश्वर गाँउपालिका, गाँउ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार यदी कोही कसैले वन क्षेत्रमा डढेलो तथा आगो लगाउने एंव आगजनी पुराउने उद्देष्यले आगो लगाउने, चुरोटको ठुटा फाल्ने, व्यक्तिगत जग्गामा आगो लगाई वन क्षेत्रमा प्रवेश गराउने, अभिभावकको हेलचक्राईको कारण बालबच्चाबाट आगजनी हुने, आगजनी गर्न उक्साउने तथा सिकाउने लगायतका मानवीय लापरबाहीको कारण हुने आपराधिक कार्य भएमा कानून अनुसार पाच लाख रुपैया जरिवाना सहित थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको हुदाँ त्यस्ता गतिविधि नगर्न एंव नगराउन सचेत गराइएको छ ।

गाँउपालिकाले गराएको सचेत तथा त्यस्ता कार्य नगर्न आह्वान गर्दा उल्लंघन गर्दै यदी कोही कसैबाट वन क्षेत्रमा आगजनी एंव डढेलो लगाउने कार्य भए–गरेको पाइएमा पाच लाख रुपैयाँ जरिवाना तिराउदै थप आवश्यक कारबाही अघि बढाउन पालिका बाध्य हुने उल्लेख गरिएको हो ।

सूचना दिनेलाई उचित पुरस्कार :
यसैबीच, गाँउपालिकाले वन क्षेत्रमा आगो लगाउने तथा लगाउन सहयोग पुराउने व्यक्तिको सूचना दिनेलाई उचित पुरस्कारको समेत व्यावस्था गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । 
उहाँको अनुसार सूचना दिने व्यक्तिको पहिचान गोप्य राखि पुरस्कारको समेत व्यवस्था गरिएको छ । वन क्षेत्रमा आगो लगाउने तथा लगाउन उक्साउने व्यक्तिको विवरण तारकेश्वर गाँउपालिकाको हटलाईन नं. १६६०–०१–४५–२२२ मा टिपाउन सकिने व्यावस्था मिलाएको छ । त्यस सम्बन्धि सूचना दिने व्यक्तिको नाम र ठेगाना गोप्य राखेर पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

तारकेश्वर गाँउपालिकाको विभिन्न स्थानमा रहेका सामुदायिक वन क्षेत्रमा हरेक वर्ष आगजनी र डढेलोको घटना हुने गरेकाले यस वर्षदेखि त्यस्तो घटना हुन नदिनको लागी गाँउपालिकाले लिएको कडा नियमले नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web