काठमाडौं । नेकपा (माओवादी केन्द्र ) नुवाकोट-काठमाडौ सम्पर्क समन्वय समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
सम्पर्क समन्वय समितिको दैनिक कार्य सम्पादनलाई चुस्त, दुरुस्त एवं व्यवस्थित बनाउनको लागी काठमाडौमहानगरपालिकाको वडा नं १६ गुम्बा स्थित हिलेटोलमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
सम्पर्क कार्यालयको नेकपा (माओवादी केन्द्र)कोस्थायी समिति सदस्य तथा सम्पर्क प्रदेश इन्चार्ज यसोदा सुबेदी र पार्टी केन्द्रिय सदस्य तथा बाग्मति प्रदेश सहइन्चार्ज एंव प्रतिनिधि सभा सांसद् हितबहादुर तामाङले सयुक्त रुपमा ब्यानर अनावरण एवं वाचन गरेर उद्घाटन गर्नुभएको हो ।
संगठनका अध्यक्ष प्रकाश रैलाको अध्यक्षतामा आयोजित प्रथम विस्तारित बैकमा पार्टी स्थायि समिति सदस्य एवंसम्पर्क प्रदेश इन्चार्ज यसोदा सुबेदीले सम्पर्क समन्वय समिति सहित सम्पर्क समिति लगायतका कमिटीलाई चलायमान बनाउन पार्टी पक्तीलाई आग्रह गर्नुभयो ।
उक्त अवसरमा पार्टी केन्द्रिय सदस्य तथा बाग्मति प्रदेश सहइन्चार्ज एंव पूर्व सस्कृति ,पर्यटन एवं नागरिक उड्डयनमन्त्रीहितबहादुर तामाङले जनताको पक्षमा काम गर्न र देशमा परिवर्तन ल्याउनको लागी माओवादीले गरेका कामबाट विपक्षीहरु अतालिदै आफूहरुको गलत कामको भ्रम छर्न केन्द्रित रहेको बताउनुभयो
विपक्षीका भ्रम र जनतालाई झुक्याउन भइरहेका गतिबिधिलाई भण्डाफोर गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सम्पर्क समन्वय समिति प्रदेश अध्यक्ष एवं रास्ट्रिय सभा सदस्य श्रीकृष्णप्रसाद अधिकारी (विवेक), पार्टीकेन्द्रिय सदस्य तथा पुर्व प्रदेश उपसभामुख एवं प्रदेश सभा सदस्य राधिका तामाङ, बाग्मति प्रदेश सचिवालय सदस्यप्रमोदलाल श्रेष्ठ, संगठनका इन्चार्ज किरण रिजाल, संगठनका सह-इन्चार्ज सुदिप अधिकारीको उपस्थितिमा प्रथम वस्तारित बैठक सम्पन्न भएको हो ।
नुवाकोट-काठमाडौ सम्पर्क समन्वय समितिको सम्पर्क कार्यालय सञ्चालनमा आएसगैँ यसलाई ब्यबस्थित बनाई संगठनको गतिबिधि सुचारु गर्न, दैनिक कार्य सञ्चालन सहज बनाउन, भेटघाट-बैठक एव छलफल मार्फत समितिलाई थप मजबुद एंव संगठनिक गतिबिधिको अभिलेखिकरण व्यबस्थित गर्न सहयोग पुग्ने समितिका अध्यक्ष प्रकाश रैलाले जानकारी दिनुभयो ।
यसैबीच, समितिको बैंठकले सम्पर्क समन्वय समिति जिल्ला पार्टी कार्यलय उद्घाटन, प्रमाणपत्र वितरण, जिम्मेवारीबाँडफाँड, कोषको स्थापना ,पार्टी लेवि एवं सदस्यता ब्यवस्थितिकरण लगायत विभिन्न विषयमा समेत छलफल गर्दै आवश्यक महत्वपूर्ण निर्णय लिएको छ ।