शिलाकन्या देवी माविका विद्यार्थीलाई विद्यालय पोषाक वितरण

फाल्गुन २७, २०८१ 2025-03-11 मा प्रकाशित
Published at 2025-03-11

400 views

त्रिशूली । सूर्यगढी गाँउपालिका वडा नंं २ फटपुरमा रहेको शिलाकन्या देवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सिएमएस फाउण्डेशन, यूके ( CMS Foundation UK) को आर्थिक सहयोगमा विद्यालय पोषाक (ट्रयाक सुट) वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङ (गौरव)को पहलमा विद्यालयमा अध्ययनरत करीब एकसय ७० जना विद्यार्थीलाई विद्यालयको नाम उल्लेख गरिएको ट्रयाक सुट गाँउपालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ)ले सोमबार विद्यार्थीलाई प्रदान गर्नुभयो ।

व्यवस्थापन समितिका अध्यक्ष गौरवले विद्यार्थीलाई विद्यालयमा टिकाउन, उनीहरुलाई नियमित गराउन र अभिभावकलाई विद्यालय पोषाक खरिदको लागी आर्थिक भारबाट बचाउनको लागी सोही विद्यालयमा अध्ययन गरेर हाल बेलायतमा बसोबास गर्दै आएका विद्यार्थीले स्थापना गरेको एमएस फाउण्डेशन, यूकेबाट ल्याएको सहयोग मार्फत खरिद गरिएको विद्यालय पोषाक विद्यालयमा आयोजित विशेष समारोहको अवसरमा विद्यार्थीलाई प्रदान गरिएको हो ।

विद्यार्थीलाई पोषाक वितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष घलेले व्यबस्थापन समितिका अध्यक्षमा गौरवले नेतृत्व लिएसगैँ सामाजिक सेवाको रुपमा विद्यालयको शैक्षिक सुधारमा उल्लेखनीय काम गर्दै आइरहेको र विद्यार्थीलाई वितरण गर्न पोषाकको पनि व्यवस्थापन मिलाएको भन्दै आगामी दिनमा थप सकारात्मक कार्यलाई निरन्तरता दिन सुझाब दिनुभयो ।

गाँउपालिका अध्यक्ष घलेले विगतको तुलनामा शिलाकन्या देवी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर क्रमश बृद्धि हुदै गइरहेको तथ्याङ आफूले पाएको भन्दै सोही अनुसार पालिकाले पनि शिक्षक दरबन्दी उपलब्ध गराउदै आएको, यस शैक्षिक सत्रमा उक्त विद्यालयलाई विज्ञान प्रयोगशाला दिने निर्णय जानकारी दिनुभयो ।

विद्यालयमा जग्गा अभावले खेलमैदान तथा विद्यालय प्राङ्गण नहुदाँ विद्यार्थीको रचनात्मक गतिविधि सुधार्न चुनौती भएसगैँ जग्गा व्यवस्थापनको लागी पालिकाले मात्र सक्ने अवस्था नभएको हुदाँ प्रदेस लगायतको माथिल्लो सरकारबाट सहयोग जुटाउन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष घलेले विद्यार्थीको लागी पालिकाको सामथ्र्यको आधारमा आवश्यक न्यूनतम सेवा उपलब्ध गराउदै आएकाले सोही अनुसार पढाईमा लगनशिल हुन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

शिक्षकलाई पनि शिक्षाको गुणस्तर बृद्धिमा लाग्न ध्यानाकर्षण गराउदै स्थानीय तथा बाहिरबाट आएका शिक्षकलाई कुनै समस्या भएका पालिकाको तर्फबाट सदैव सहयोग हुने उहाँले विश्वास दिलाउनुभयो ।

कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष गौरवले शिक्षा र स्वास्थ्य नै मानिसको आधारभूत आवश्यकता भएकाले सोही अनुसार विद्यालयको शैक्षिक सुधारमा आफू स्वंयम् सेवकको रुपमा खटिरहेको बताउनुभयो । विद्यालयको लागी चाहिने आवश्यक श्रोत तथा सामाग्रि जुटाउने क्रममा आफ्नो साथी मार्फत बेलायतबाट सहयोग ल्याएर ट्रयाक सुट वितरण गरेकाले आगामी दिनमा अझै थप सहयोग जुटाउन लाग्ने भएकाले त्यसका लागी अभिभावक र विद्यालयबाट सहयोग हुुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक चतुशन अधिकारी लगायतका शिक्षक, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, विद्यार्थी लगायतले विद्यालयको अबस्था र शिक्षा क्षेत्रको सुधारको लागी भरहेको प्रयासको सन्दर्भमा मन्तव्य राख्नुभएको सहायक प्रअ सुदिप अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.