शेराबगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नुवाकोटको शिवपुरी गाँउपालिकामा सन्देशमूलक गित प्रतियोगिता गरिएको छ ।

पालिकाको विभिन्न स्थानमा रहेका समूहहरुबीच प्रतिस्पर्धात्मक रुपमा आयोजना गरिएको सन्देशमूलक गित प्रतियोेगितामा सर्वदेव महिला समूह प्रथम भएको हो । वडा नं १ बाट प्रतिनिधित्व गरेको सर्वदेव समूह पहिलो हुदाँ वडा नं .२ को छाप क्रियाशिल समूह दोश्रो भएको छ ।
वडा नं. ८ को थानापति नौमती महिला समूह तेश्रो हुदाँ वडा नं. ४ को पञ्चेथोक महिला समूहले सान्तना स्थान हासिल गरेको प्रतियोगिता सञ्चालनको संयोजन गर्नुभएको गाँउपालिकाको पूजा खतिवडाले जानकारी दिनुभयो ।

शिवपुरी गाँउपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मार्फत अन्तर्राष्ट्रिय नारी दिवसको अवसर बनाई आयोजित महिला सशक्तिकरण, जागरण तथा पक्षपोषण पुग्ने सन्देशमूलक गित सहित विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो ।

उक्त अवसरमा गाँउपालिकाको अध्यक्ष गोबिन्द प्रसाद थपलियाको प्रमुख आतिथ्यता, उपाध्यक्ष बीरबहादुर तामाङ सभाध्यक्ष रहनुभएको थियो । कार्यक्रममा विभिन्न वडाको वडाध्यक्षहरु, गाँउपालिका अध्यक्षका प्रत्यासी तथा समाजसेवी पदमबहादुर उप्रेती , महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल महिला समूह तथा संघसस्थाको सहभागिता रहेको थियो ।



ताजा समाचारहरू