
गेर्खु। नुवाकोटको विदुर नगरपालिका वडा नं. ११ गेर्खु स्थित दुधेलामा- कालिका मन्दिरमा प्याकुरेल सेवा समाजको आयोजनामा भएको सामुहिक पुजा आरधना गरिएको छ ।
हरेक वर्ष फागुन १७ गते उक्त मन्दिरमा सामूहिक पूजा आरधना गरिदै आएकोमा यस वर्ष पनि उक्त दिन ब्राम्हणहरु द्धारा श्रीमद्भगवत्, गीतापाठ, पारायण,होम होमादी, रुद्री लगायत सामुहिक पूजा गरिएको हो ।
पुजामा करिब तीनसय जना भक्तजनहरुको उपस्थितीमा नाचगान, भजन कृतन गरेर मनाइएको प्याकुरेल सेवा समाजका सचिव रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।
सामुहिक पुजा १७ बर्षदेखि हुँदै आएको र हरेक बर्ष फागुन १७ गते हुने र यसलाई थप व्यवस्थित सहित निरन्तरता दिदै आएको सचिव रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।
22.58¡ÆC