बेलकोटगढीमा वैचारिक,राजनीतिक कार्यशाला सम्पन्न

फाल्गुन १८, २०८१ मा प्रकाशित | 220 views

बेलकोटगढीमा वैचारिक,राजनीतिक कार्यशाला सम्पन्न

विदुर ।जनयुद्धका महान सहिद एवं प्रभावशाली नेता पार्वती पौडेलको २०औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बेलकोटगढी नगर समितिको आयोजनामा संचालित वैचारिक,राजनीतिक कार्यशाला (फाल्गुन १६-१७ ) उदघाटन समारोह सप्पन्न भएको छ ।

कार्यशालामा फाल्गुन १६ गतेको कक्षामा माक्र्सवाद र उत्पीडित जातीय सवाल : पर्शुराम तामाङ राजनीतिको अर्थशास्त्र : डिपि ढकाल ,नेतृत्व बिकास : गणेश वि कले दिनु भएको थियो ।

वैचारिक राजनीतिक कार्यशाला दोस्रो दिन १७ गते

बाताबरण र जलवायु परिवर्तन बारेमा नारायण नेपाल, संगठन र पद्धतिमा गणेश विक, नेपालको संविधान २०७२ र महिला अधिकारमा विमला सुवेदीले सामाजिक संजाल नेतृत्वमा सितल थपलियाले र कम्युनिस्ट आन्दोलन र समाजवाद : लेखनाथ न्यौपानेले प्रशिक्षण दिएका थिए । नगर अध्यक्ष गोकर्णनाथ न्यौपानेले जानकारी दिनु भयो ।

कार्यक्रमको उदघाटन समारोह माओवादी नेता हितबहादुर तामाङ र समापन समारोहमा बाग्मती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुंगाना, जिल्ला संयोजक पुस्प लामिछाने, जिल्ला इन्चार्ज हिरानाथ खतिवडा, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा कानुन न्याय तथा मानवअधिकार समिति सभापति बिमला सुवेदीले मन्तब्य दिनुभएको थियो ।

कार्यकर्ताको क्षमता बिकासको लागी निरन्तर यस्तो प्रशिक्षण कार्यक्रम संचालन गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web