सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

फाल्गुन १६, २०८१ मा प्रकाशित | 257 views


काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ ।

शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो ।

भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web