देवीघाट ।महाशिवरात्री पर्वको अवसरमा नुवाकोट स्थित ‘देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’मा बसोबास गर्दै आएका जेष्ठ नागरिक हरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
महाशिवरात्री तथा सैनिक दिवसको अवसरमा श्री नम्बर ६ वाहिनी अड्डा धादिङको आयोजना तथा नुवाकोटको सुरक्षार्थ रहेको बहादुर श्री शेर गण र त्रिशुली अस्पतालको संयुक्त चिकित्सक स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठनागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिएको हो ।
त्रिशूली अस्पतालको निर्देशक डा.राजेन्द्र लामा सहितको विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी र शेर गणको चिकित्सक र स्वास्थ्यकर्मीको सयुक्त टोलीले ‘देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’मा बसोबास गर्दै आएका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण, नि:शुल्क औषधी वितरण सेवा दिइएको हो ।
त्रिशूली अस्पतालले ‘देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’मा विगत देखि नै स्वास्थ्य जाँच तथा परीक्षण सेवा उपलब्ध गराउदै आइरहेकाले सोही अनुसार सैनिक दिवस तथा शिवरात्री पर्वको दिन सार्वजनिक बिदाको अवसर बनाई ६ नं बाहिनी अड्डा र शेर गणसंग सहकार्य गरेर सेवा दिइएको हो ।
उक्त अवसरमा ६ नं बाहिनीपति रोजप्रततप राणा, बहादुर श्री शेर गणका गणपती प्रमुख सेनानी विष्णु कार्की, त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकी लगायतले जेष्ठ नागरिकहरुलाई सेवा दिन पाउदा खुसी लागेको बताउदै आगामी दिनमा यस्तै थप कार्यक्रम सञ्चालन एंव निरन्तरता दिने बताउनुभयो ।

22.58¡ÆC