काठमाडौं,साउन १३ । काभ्रेमा भूकम्प प्रभावितको आवास अनुदानका लागि आएको मध्ये १ अर्ब ९५ करोड ७५ लाख खर्च हुन नसकेर फिर्ता भएको छ । समयमै विवरण नभएका कारण रकम फिर्ता भएको जिल्ला विकास समितिले जानकारी दिएको छ । जिल्ला विकास समितिलाई अख्तियारी आएको २ अर्ब १ करोड ३५ लाखमध्ये ५ करोड ६० लाख रकम मात्रै खर्च भएको हो ।

सोही कारण भूकम्प प्रभावितको जिविसमा विवरण बुझाएका सानो वाङ्थली, नाग्रेनार्चे, चौवास, भीमखोरी र वाल्टिङ गाविसलाई रकम पठाउन नसकिएको आजको कारोबार दैनिकमा समाचार छ । रविओपी गाविसका ७ सया ८४, कापिसदेखा गाविसका ६९ र कोलातीभुल्लु गाविसका २ सया ४७ लाभग्राहीका लागि मात्रै बैंकमा रकम गएको छ ।

21.56¡ÆC