
काठमाडौँ । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन भएका छन्। चौतारीको बागमती प्रदेश समितिको दोस्रो अधिवेशन नारायणगढमा सम्पन्न भएको थियो, जसमा सर्वसम्मत रूपमा रिमाललाई अध्यक्ष चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षमा उज्ज्वल पौडेल, महिला उपाध्यक्षमा तारा बस्नेत, र महासचिवमा प्रकाश दाहाललाई चयन गरेको छ ।
सचिव पदका लागि गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवका रूपमा नवराज श्रेष्ठ र जगतमान तामाङलाई सर्वसम्मत चयन गरेकाे छ ।
अधिवेशनमा उपत्यका बाहेक बागमती प्रदेशका दस जिल्लाका प्रतिनिधिहरूले भाग लिएका थिए। यस अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि १७ जना सदस्य चयन गरेको छ ।
अधिवेशनको उद्घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, र संगठनका अध्यक्ष गणेश बस्नेत लगायतका प्रमुख नेताहरूले सम्बोधन गर्नुभएकाे थियाे ।
23.22¡ÆC