आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

फाल्गुन ८, २०८१ मा प्रकाशित | 353 views


काठमाडौँ । आज र भोलि देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश बाहेकका अरु ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले निकालेको मौसमी बुलेटिनमा उल्लेख छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ । आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसमेत पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web