विकास निर्माणका गतिविधिमा खबरदारी गर्न सूर्यगढीका अध्यक्ष घलेको अनुरोध

फाल्गुन ७, २०८१ मा प्रकाशित | 324 views

विकास निर्माणका गतिविधिमा खबरदारी गर्न सूर्यगढीका अध्यक्ष घलेको अनुरोध

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाले आफ्नो क्षेत्रका निर्माणाधीन योजनाहरूको गुणस्तर सुनिश्चित गर्न पालिकाबासी सम्पूर्ण सचेत नागरिकहरूलाई अनुरोध गरेको छ ।

सूर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले हालै एक सूचना प्रकाशन गर्दै गाँउपालिका भित्र निर्माणाधीन रहेका योजनाहरुको विवरण सार्वजनिक गर्दै ती योजनामा भइरहेका कामको पारदर्शिता, गुणस्तरीयता सहितको तोकिएका मापदण्ड अनुसार कामको रेखदेख गरेर सचेत नागरिकको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको हो ।

पछिल्ला केही दिनमा गाँउपालिका भित्रका योजनाहरुका सम्बन्धमा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण सन्देश प्रवाह गर्नेहरुलाई लक्षित गर्दै उहाँले आफ्नो गाँउठाँउमा भइरहेका योजनाको विवरण सार्वजनिक गर्दै निर्माणको चरणमा रहेका योजनाहरुको गुणस्तरको सुनिश्चतता कायम गर्नको लागी कामको रेखदेख गर्दै एक सचेत नागरिकको कर्तव्य र जिम्मेवारी पूरा गर्नको लागी पनि पालिकाबासीलाई अपिल गर्नुभएको छ ।

निर्माणका चरणमा रहेका योजनाहरुको तोकिए अनुसारको काम भए नभएको सम्बन्धमा यथार्थ जानकारी लिएर सोही अनुसार निर्माण व्यावसायी र उपभोक्ता समितलाई सजग बनाउनका लागी आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न गाँउपालिका अध्यक्ष घलेले अनुरोध गर्नुभएको हो ।

हाल गाँउपालिका भित्र सञ्चालित योजनाहरु निम्न अनुसार रहेको अध्यक्ष सन्तबहादुर घलेले जारी गरेको सूचनामा भनिएको छ ।

निर्माणाधीन प्रमुख आयोजनाहरूः
१. गाउँपालिकाको प्रशासनिक भवन
२. प्रशासनिक भवनसँगै निर्माणाधीन पुरातात्विक शैलीको शिवालय मन्दिर
३. खोरखोला, रातमाटे हुँदै हलेदेकालिका सडक
४. नयाँ चौतारा देखि न्यू चण्डिका मोटरबाटो
५. वडा नं. १ देखि ४ र ५ जोड्ने कामीटार पक्की पुल
६. खारे खोला वडा नं. ४ र ५ जोड्ने पक्की पुल
७. नुवाकोट, उर्लेनी सडक चोकदे देखि छापसम्म
८. नैनेखोला देखि सानोभोर्ले सडक
९. खोपेनीमा, एक घर एक धारा, वडा नं. १ देखि ५ सम्म

माथि उल्लिखित योजनाहरू बाहेक अन्य योजनाहरू पनि निर्माणाधीन रहेकाले सबै योजनाहरुको यथार्थ विवरण लिन, तोकिएको कार्यदेश अनुसारको काम भए नभएको निगरानी गर्न र सोही अनुसार काम गर्न गराउनको लागी निर्माण व्यावसायी र उपभोक्तालाई सचेत गराउनको लागी पालिकाबासीलाई अध्यक्ष घलेले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web